पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचकमा बुधबार पनि गिरावट आएको छ। नेप्से परिसूचकसँगै पछिल्लो दुई हप्तादेखि निरन्तर रुपमा कारोबार रकम पनि घटेको छ। बुधबार नेप्से सूचक ३०.२९ अंकले घटेर २ हजार ५१४.६५ विन्दुमा झरेको छ।
यस्तै, सेन्सेटिभ सूचक पनि ५.४६ अंकले घटेर ४८७.०७ विन्दुमा झरेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स २.०९ अंक र फ्लोट इन्डेक्स २.१९ अंकले घटेको छ।
बुधबार कारोबारमा आएका २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता सेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको छ।