शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेस गठबन्धनमै चुनाव लड्छः प्रधानमन्त्री देउवा

कांग्रेस गठबन्धनमै चुनाव लड्छः प्रधानमन्त्री देउवा

नागरिक पाटी

२७, फाल्गुण २०७८
  • 5.1K
    SHARES
  • कांग्रेस गठबन्धनमै चुनाव लड्छः प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेको सत्तागठबन्धन आगामी चुनावसम्म नै कायम रहने बताएका छन्। बिहीबार वीरगन्जमा नेपाली कांग्रेस पर्साका निर्वाचित पदाधिकारी र सदस्यहरुको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने स्पष्ट पारेका हुन् ।

    images
    images

    कांग्रेस सभापतिसमेत रहेका देउवाले एक्लै चुनाव लड्दा कुनै पनि दलको बहुमत आउने अवस्था नदेखिएकाले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसले गठबन्धनमा रहेका दलहरुसँग मिलेर चुनाव लड्ने बताए।
    देउवाले भने ,‘अहिले एक्लै चुनाव लड्दा कुनै पनि दलले बहुमत ल्याउन सक्ने अवस्था देखिन्न, त्यसैले चुनावमा गठबन्धनका दलहरुसँग मिलेर कांग्रेसले चुनाव लड्नुपर्छ।’

    उनले गठबन्धनका अन्य सहयात्री दलहरु चिढ्याउने काम नगर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । संविधानको रक्षा र लोकतन्त्रलाइ संस्थागत गर्न पनि गठबन्धनका दलहरु बीचको सहकार्य र एकता आवश्यक रहेको देउवाले बताए।

    देउवाले एमसीसी परियोजना मुलुकको हितमा रहेको जिकिर गरे । एमसीसी परियोजना, ऋणमा नभइ अनुदानमा आएको परियोजना रहेको भन्दै प्रधानमन्त्री देउवाले यसले देशको विकासमा सहयोग पुग्नुका साथै रोजगारी पनि सिर्जना गर्ने धारणा राखे।

    नेपाल दुई ठूला छिमेकी देशको बीचमा रहेको भन्दै उनले दुवै छिमेकीसँग नेपालले समदुरी र सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नुपर्ने स्पष्ट पारे। कार्यक्रममा प्रधानमन्त्री देउवाले पर्साको पोखरीया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनीयारलाई कांग्रेस पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा प्रवेश गराएका थिए। अन्नपूर्ण दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २७, २०७८ शुक्रवार - ०८:२८:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology