शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चुनावी तालमेल मिलाउन देउवालाई सकस

चुनावी तालमेल मिलाउन देउवालाई सकस

नागरिक पाटी

३०, फाल्गुण २०७८
  • 5.1K
    SHARES
  • चुनावी तालमेल मिलाउन देउवालाई सकस

    तीनै तहका निर्वाचनमा तालमेल गर्ने भनेर गठबन्धन दलका नेताहरूलाई आश्वस्त बनाएका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै पार्टी कांग्रेसभित्र समझदारी बनाउन भने कठिन देखिन्छ ।

    images
    images

    दुई महिनापछि हुन लागेको स्थानीय निर्वाचनमा माओवादी, एकीकृत समाजवादी र जसपासँग तालमेल गर्ने देउवाले तयारी गरे पनि पार्टीभित्र त्यसको विरोध भएको छ । खासगरी महाधिवेशनमा देउवाका प्रतिस्पर्धी डा। शेखर काइराला पक्षले ‘कांग्रेस कार्यकर्ताले रूख चिह्नमा मात्र मतदान गर्ने’ बताउँदै आएको छ । जसका कारण देउवाले अधिकार प्रयोग गरी तालमेलको निर्णय गराए पनि व्यावहारिक रूपमा कार्यान्वयन हुन कठिन देखिन्छ ।

    केन्द्रीय कार्यसमितिमा कमजोर उपस्थिति रहे पनि कार्यकर्ता पंक्तिको ४० प्रतिशत हैसियत लिएका नेता कोइराला कुनै पनि तहको चुनावी तालमेलको पक्षमा छैनन् । कोइरालाका साथमा रहेका उपसभापति गुरुङ, महामन्त्री गगनकुमार थापा, चन्द्र भण्डारी, मीनेन्द्र रिजाललगायत अधिकांश नेता एक्लै चुनाव लड्नु उचित हुने बताइरहेका छन् । तालमेलमै जानुपर्दा केन्द्रले नभई स्थानीय आवश्यकताका आधारमा तल्ला तहका निकायलाई नै निर्णय गर्ने अधिकार दिनुपर्ने उनीहरूको जोड छ ।

    देउवाका विश्वासपात्र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार नेपालगन्जमा तीनै तहका निर्वाचनमा गठबन्धन हुने बताएका छन् । उनको भनाइअनुसार पनि प्रधानमन्त्री देउवा तीनै तहको निर्वाचनका लागि बाहिर हल्ला नगरीकन तालमेलको गृहकार्य भित्रभित्रै गरिरहेका छन् । यस विषयमा उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमिति दुवै निकायमा तत्काल छलफल गर्न चाहेका छैनन् । औपचारिक रूपमा छलफल गराउँदा पार्टीभित्रै विवाद देखिने र त्यसले तल्ला तहका कार्यकर्तामा नकारात्मक प्रभाव पार्ने भन्दै देउवा पार्टीका शीर्षस्थ नेताहरूबीचकै समझदारीबाट अघि बढ्न खोजेको बालुवाटार स्रोतले बतायो । तालमेलका विषयमा नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले देउवालाई साथ दिएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - ०८:००:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology