आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बलात्कार के हो ? के होइन ?

बलात्कार के हो ? के होइन ?

  • 7.2K
    SHARES
  • बलात्कार के हो ? के होइन ?

    बलात्कार भन्नाले कसैले कसैको इच्छा र चाहना विपरित जबर्जस्ती रुपमा यौन सम्पर्क राख्ने क्रियाकलापलाई जनाउछ । नेपाल लगायत कतिपय देशमा आफ्नो श्रीमतीको चाहना विपरित यौन सम्पर्क गर्ने कार्यलाई समेत बलात्कार भनी परिभाषित गरिएको छ र उक्त कार्यको उजुरी परेमा कानुन अनुसार पुरुषले सजाय पाउने गर्दछ ।

    images

    बलात्कार पुरुष महिला दुवैमाथि हुन सक्दछ । तर पुरुषहरुले आफू बलात्कृत भएको उजुरी नै दिदैनन् । त्यसैले महिलाहरु नै बलात्कारको सिकार हुने गरेको पाइन्छ । तर सबै बलात्कारका घटनाहरु सत्य साबित हुदैनन् । कतिपय घटनाहरु सहमतिमा यौन सम्पर्क राखेर पनि लेनदेन नमिलेमा,विवाह गर्न इन्कार गरेमा वा उक्त घटना अरुलाई सुनाएमा महिला चिढिन पुगेर बलात्कारको मुद्दा दायर गर्न पुग्छन् ।

    हालसालै मात्र एक अठार महिनाकी बालिकालाई बलात्कार गरि हत्या गरिएको घटना चर्चामा आएको छ । यो एक जधन्य अपराध हो । नेपालमा नबालिकादेखि वृद्धासम्म बलात्कृत भइरहेका घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् । बलात्कारीलाई दिइने सजाय कडा नभएकोले पनि बलात्कारका घटनाहरु बढिरहेका हुन सक्छन् ।

    कतिपय यूरोपियन मुलुकहरुमा पेशेवर वेश्याहरु वियर खाएर बाटोमा हाउ क्यान आई हेल्प यु ? भनेर सोध्दै हिड्ने गर्छन् र विशेष गरी एशियाली मुलुकका मानिसलाई फसाउने गर्छन् । अनि पैसा छउन्जेल मोजमस्ती गरेर पैसा सकिएपछि यसले मलाई बलात्कार गर्यो भनेर प्रहरीको जिम्मा लगाइदिने गर्छन् ।

    नेपालमा पनि फर्जी बलात्कारका घटनाहरु पनि बढ्दै जान थालेका छन् । कसैसँग धेरै पैसा रहेको थाहा पाएमा उसलाई फोन गरेर होटलमा बोलाउने र मदिरा सेवन गर्ने अनि मागेजति पैसा नदिएमा ुबलात्कारको मुद्दा हाल्छुु भन्दै धम्क्याएर रकम असुल गरेका घटनाहरु पनि काठमाडौंमा घटिरहेका छन् ।

    त्यसैले, सहमतिमा भएको रिल्याक्स पनि बलात्कारमा परिणत हुन सक्छ ।बलात्कारका मुद्दामा पुरुषभन्दा महिला माथि पर्न जाने भएकोले जालसाजी गर्नै महिलासित सतर्क रहनु नै बेस हुन्छ ।

    नेपालमा बढ्दै गइरहेको बलात्कारलाई रोक्न बलात्कारीलाई कडाभन्दा कडा सजाय तोक्नु अपरिहार्य हुन आउँछ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ७, २०७८ सोमवार - १३:१६:०५ बजे

    नवराज न्याैपाने 'माैन'

    न्यौपानेले विशेष गरी साहित्यिक लेख रचनाहरु सँगै स्वतन्त्र पत्रकारिता क्षेत्रमा पनि कलम चलाउनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology