सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार १८ अङ्कले बढ्यो

शेयर बजार १८ अङ्कले बढ्यो

नागरिक पाटी

७, चैत्र २०७८
  • 5.3K
    SHARES
  • शेयर बजार १८ अङ्कले बढ्यो
    images

    शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमवार १७ दशमलव ९९ अङ्कले बढेर दुई हजार ६ सय ३४ दशमलव ५७ विन्दुमा पुगेको छ । आज होटल र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेकोमा विकास बैंक, बीमा, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ ।

    images

    आज दुई सय ३१ वटा कम्पनीको ५१ लाख ८९ हजार कित्ता शेयर दुई अर्ब ५९ करोड २७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को २० करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एनटीसीको शेयर झन्डै तीन प्रतिशतले घटेको छ । एनटीसीको शेयर लगातार घटिरहेको छ । चैत १ गते एनटीसीको शेयर प्रतिकित्ता एक हजार ६ सय ४८ रुपैयाँमा कारोबार भएकोमा आज एक हजार पाँच सय ६९ रुपैयाँमा झरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ७, २०७८ सोमवार - १६:५५:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology