बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारण लगानीकर्ताका लागि चैत १६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन तथा बिक्री खुला हुने भएको छ । कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका स्थानीय बासिन्दाका लागि जारी गरेको सेयर बाँडफाँडसँगै सर्वसाधारणको लागि निष्काशन हुने सेयरको बिक्री मिति तोकेको हो ।
कम्पनीले प्रतिसेयर १०० अंकितमूल्यको १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर जारी गर्न लागेको हो । जारी कुल सेयरमध्ये ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताबाट आवेदन मागिएको हो ।
कम्पनीको आईपीओमा चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।