नेपाल स्टक एक्सचेन्ज (नेप्सें) परिसूचक साताको चौथो कारोबारको दिन गिरावट आएको छ । बुधबार सेयर बजार २०.३४ अंकले गिरावट आएको हो । सोमबार र मंगलबारको कारोबारमा केही उकालो लागेको बजारमा आज पुनः गिरावट आएको हो ।
बुधबार २६५०.७० परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६३०.३६ अंकमा ओरालो लागेको छ । अर्थात आज नेप्से परिसूचक ०.७७ प्रतिशतले घटेको छ। आज ‘क’ वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक ०.८४ प्रतिशत अर्थात ४.२२ अंकले घटेर ४९५ दशमलव ११ अंकमा ओर्लिएको छ ।
बुधबार कारोबार रकममा पनि कमी आएको छ । आज कारोबार भएका २ सय २६ कम्पनीको सेयर कारोबारमा २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५ सय ४७ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। आज ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता सेयर २९ हजार ६ सय ७८ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।
आजको कारोबारमा बढी कमाउने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त, इमर्जीङ नेपाल लिमिटेड, सनराइज बैंक डिबेन्चर, एनआइबिएल प्रगति फण्ड, नबिल डिबेन्चर लगायतका कम्पनी रहेका छन् ।