सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्से ४१ अंकले घट्यो, झण्डै ५ अर्बको कारोबार

नेप्से ४१ अंकले घट्यो, झण्डै ५ अर्बको कारोबार

नागरिक पाटी

१३, चैत्र २०७८
  • 4.1K
    SHARES
  • नेप्से ४१ अंकले घट्यो, झण्डै ५ अर्बको कारोबार
    images

    साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ बिन्दुमा ओर्लिएको छ । यस दिन ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १५ रुपैयाँमा ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच भएको छ ।

    images

    यस दिन १ सय ६६ कम्पनीको सेयर मूल्य घटेको छ भने २५ कम्पनीको सेयर मूल्इ बढेको छ । जीवन विकास लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त, सानिमा जनरल इस्योरेन्स जस्ता कम्पनीको सेयर मूल्य बढेको छ ।

    मल्टिपर्पस फाइनान्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त जस्ता कम्पनीको सेयर मूल्य घटेका छन् । यस दिन निर्जीवन बीमा कम्पनीबाहेक सम्पूर्ण समूहगत सूचकहरु राताम्ये भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १३, २०७८ आइतवार - १६:१५:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology