शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिटामोलको डोज बढाउने निर्णय फिर्ता लिन दबाब

सिटामोलको डोज बढाउने निर्णय फिर्ता लिन दबाब

नागरिक पाटी

१४, चैत्र २०७८
  • 6.8K
    SHARES
  • सिटामोलको डोज बढाउने निर्णय फिर्ता लिन दबाब

    काठमाडौँ । प्रचलित ५०० मिलिग्राम (एमजी) को सट्टा ६५० एमजीको सिटामोल उत्पादन गर्न दिने सरकारी निर्णयको चर्को विरोध भएको छ । नेपाल फर्मास्युटिकल एसोसिएसन, उपभोक्ता हित संरक्षण मञ्च र नेपाल फार्मेसी संघले सिटामोलको मूल्यवृद्धि गर्ने बहानामा क्लिनिकल परीक्षणबिना दिइएको उत्पादन अनुमति अविलम्ब फिर्ता लिन माग गरेका छन् ।

    images
    images

    ६५० एमजीको सिटामोल उत्पादनको निर्णय रोक्न माग गर्दै मञ्च र संघले राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गराएका छन् । यसअघि औषधि व्यवस्था विभाग आफैंले ६५० एमजीको औषधि उत्पादन तथा बिक्री अनुमति नदिने निर्णय गरेको रअनुसन्धान तथा क्लिनिकल ट्रायलसमेत नभएकाले औषधि सल्लाहकार समिति बैठकको निर्णय रोक्न उनीहरूले माग गरेका छन् ।

    ‘यसअघि विभागले ६५० एमजीको औषधि उत्पादन र बिक्री अनुमति नदिने निर्णय गरेको थियो, अहिले उत्पादक र व्यापारीको दबाबमा स्वार्थ समूहका लागि निरन्तर गलत निर्णय भएको छ,’ संघका अध्यक्ष अमृत खनाल र मञ्चका केन्द्रीय सचिव हरिप्रसाद मैनालीद्वारा जारी विज्ञप्तिमा छ, ‘विभागका निर्णय र कामकारबाहीमाथि तत्काल छानबिन गर्न अनुरोध छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - ०७:०२:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology