धुनिबेशी । धुनिबेशीमा नगरपालिकास्तरीय खाद्य अधिकार सञ्जालका सदस्यहरका लागि एक दिन खाद्य अधिकार हननका सवाल पहिचान र दस्तावेजिकरण सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ।
खाद्य अधिकार नगरपालिका सञ्जाल धुनिबेशीको आयोजना भएको कार्यक्रममा संजालका सदस्यहरूकालाई खाद्य अधिकार अवधारणा,खाद्य अधिकार उल्लंघनका सवालहरूको पहिचान, दस्तावेजिकरण र विश्लेषण सम्बन्धी व्यवहारिक ज्ञान र शिपअभिबृद्वि बारेमा जानकारी गराईएको छ।
कार्यक्रम मानव अधिकार तथा खाद्य अधिकारका अवधारणा बारेमा समेत जानकारी गराएको थियोे । बाँच्न पाउने अधिकार स् खाद्य अधिकार भन्न राष्ट्रिय नारा लिएर फियान नेपालले खाद्य अधिकार हनन भएका क्षेत्रमा वकालत तथा पैरवी गर्दै आएको छ ।
कार्यक्रममा जोखिममा पारेका सवाल,समुदाय, स्थानको पहिचान कसरी गर्न सकिन्छ त्यसको आवश्यकता के हो र किन आवश्यक छ भन्ने विषयमा सञ्जालका सदस्यहरूलाइ जानकारी गराइएको हो । त्यसै गरी खाद्य अधिकार हननका सवालका सम्बन्धमा नेपालको संविधान,खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन २०७५ र अन्य कानुनी प्रावधानका बारेमा सञ्जालका सदस्यहरूलाई जानकारी गराइएको छ ।
अभिमूखिकरण कार्यक्रममा पालिकामा खाद्य अधिकार कार्यान्वयन अनुगमनमा नागरिक समाजको पहलकालागि कार्ययोजना निर्माण सम्बन्धि जानकारी समेत फियान नेपालका राजेन्द्र बस्नेतले जानकारी गराउनु भएको थियोे ।