सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

नागरिक पाटी

१४, चैत्र २०७८
  • 4.9K
    SHARES
  • शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो
    images

    शेयर बजार दोहोरो अङ्कले घटेको छ । हिजो आइतवार ४१ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज सोमवार २९ दशमलव ९८ अङ्कले घटेर दुई हजार पाँच सय ४२ दशमलव २८ विन्दुमा झरेको छ ।

    images

    सबै समूहको शेयर घटेको दिन विकास बैंक, व्यापार, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ३१ कम्पनीका ४९ लाख ५८ हजार कित्ता शेयर दुई अर्ब ५४ करोड ५३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जीवन विकास लघुवित्तको २२ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज आईसीएफसी फाइनान्सको शेयर झन्डै पाँच प्रतिशत र सानिमा लाइफ इन्सुरेन्सको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - १६:५५:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology