सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

हप्ताको तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घट्यो

हप्ताको तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घट्यो

नागरिक पाटी

१५, चैत्र २०७८
  • 4.6K
    SHARES
  • हप्ताको तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घट्यो
    images

    हप्ताको तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । अस्ति आइतवार ४१ र हिजो सोमवार झन्डै ३० अङ्कले घटेको नेप्से आज मङ्गलवार १४ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय २७ दशमलव ५८ विन्दुमा झरेको छ।

    images

    आज होटलबाहेक सबै समूहको शेयर घटेको छ । दोहोरो अङ्कले शेयर घट्दा कारोबार रकम दुई अर्ब रुपैयाँ पनि पुगेन । दुई सय २५ कम्पनीका ३८ लाख ९० हजार कित्ता शेयर एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज नेपाल लाइफ इन्सुरेन्स, जीवन विकास लघुवित्त र आशा लघुवित्त कम्पनीको शेयर साढे तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि नेष्डो र राष्ट्रउत्थान लघुवित्त तथा इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - १८:१९:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology