शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बुढीगण्डकी डुबानवासीको माग एक हप्ताभित्र सम्बोधन नभए आन्दोलनको चेतावनी

बुढीगण्डकी डुबानवासीको माग एक हप्ताभित्र सम्बोधन नभए आन्दोलनको चेतावनी

नागरिक पाटी

१६, चैत्र २०७८
  • 6.1K
    SHARES
  • बुढीगण्डकी डुबानवासीको माग एक हप्ताभित्र सम्बोधन नभए आन्दोलनको चेतावनी

    बुढीगण्डकी डुबान प्रभावित स्थानीयवासीले एक हप्ताभित्र आफ्नो माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मंगलबार बुढीगण्डकी वातावरण, मुआब्जा, पुनर्वास तथा पुनस्र्थापना इकाइका आयोजना प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुन् ।

    images
    images

    जिल्ला मुआब्जा समिति गोरखा र धादिङले मुआब्जा निर्धारण गर्दा मन्त्रिपरिषद्लाई सिफारिस गरेका बुँदाहरू पारित गरी कार्यान्वयन गरिनुपर्ने संयोजक हरेराम ढकालले बताए । उनले आयोजनाको डुबान क्षेत्रको मुआब्जा दिन बाँकी जग्गाको तत्काल मुआब्जा दिनुपर्ने, घर, गोठ, बोटबिरुवाको लगत सार्वजनिक, दररेट निर्धारण र मुआब्जा वितरण गर्नुपर्ने बताए ।

    ऐलानी जग्गामा बसोवास गर्नेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार मापदण्ड बनाएर तत्काल मुआब्जा दिनुपर्ने, मूल मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा निर्धारण समितिले निर्धारण गरेबराबरकै मुआब्जा दिनुपर्ने समितिको माग छ । त्यस्तै, अन्य घरबस्ती क्षेत्र र सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा निर्धारण समितिले निर्धारण गरेबमोजिम प्रतिरोपनी सात लाख ७३ हजार रुपैयाँ दिनुपर्ने, दर्ता छुट भएका जग्गाको भोगचलनका आधारमा मुआब्जा दिनुपर्ने र मुआब्जा निर्धारण समितिको निर्णयअनुसार पाँच रोपनीभन्दा कम जग्गा हुनेलाई मुआब्जामा १५ प्रतिशत र १० रोपनीभन्दा कम जग्गा हुनेलाई मुआब्जामा १० प्रतिशत थप रकम दिनुपर्ने संयोजक ढकालले जानकारी दिए ।

    आयोजनाबाट प्रभावितहरूलाई पुनर्वास, पुनस्र्थापनाको ग्यारेन्टी गरिनुपर्ने, हाल बसोवास गरिरहेकै वडामा पुनर्वास हुने गरी जग्गा रोक्का गरिनुपर्नेसमेत उनको माग छ । साथै घर, गोठ, बोटबिरुवाको मुआब्जामा कर नलाग्ने व्यवस्था गरिनुपर्ने, डुबानवासीको मुआब्जाको रकम सरकारी स्वामित्वको बैंकबाट मात्र लिनेदिने व्यवस्था गरिनुपर्ने र बुढीगण्डकी चक्रपथ निर्माणका लागि काम अघि बढाउनसमेत समितिले माग गरेका छन् ।

    समितिका संयोजक ढकालले बुढीगण्डकी डुबान क्षेत्रभित्र रहेका भौतिक संरचना एवं फलफूल, बोटबिरुवाको मुआब्जा वितरण गर्दा विनाकर काटी राष्ट्रिय गौरवअनुसार गरिनुपर्ने र बुढीगण्डकी डुबान क्षेत्रको जग्गाको मुआब्जाको विषयमा डुबानवासीले दिएको निवेदन, गुनासोको तत्काल सुनुवाइ गर्न आग्रह गरेका छन् ।
    कार्यक्रममा मुआब्जा पुनरावलोकनका लागि बुढीगण्डकी डुबान क्षेत्रका बासिन्दाले गृह मन्त्रालयमा दिएको निवेदनअनुसार मुआब्जा पुनरावलोकनका लागि पहल गरिदिनसमेत आग्रह गरेका थिए । माथिका उल्लिखित माग एक हप्ताभित्र सम्बोधन नभएको खण्डमा सम्पूर्ण डुबानवासीले आन्दोलन गर्नेसमेत समितिले जनाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - ०९:५८:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology