शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौंमा सवारी दुर्घटना परी ४४ महिनामा ५ सय ६८ को मृत्यु

काठमाडौंमा सवारी दुर्घटना परी ४४ महिनामा ५ सय ६८ को मृत्यु

नागरिक पाटी

१७, चैत्र २०७८
  • 5.1K
    SHARES
  • काठमाडौंमा सवारी दुर्घटना परी ४४ महिनामा ५ सय ६८ को मृत्यु

    काठमाडौं । बितेको ४४ महिनामा काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी ५ सय ६८ जनाको ज्यान गएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी विगत ४४ महिनामा सवारी दुर्घटनामा परेर ५ सय ६८ जनाको ज्यान गएको जनाएको हो ।

    images
    images

    तथ्यांकअनुसार आर्थिक वर्ष २०७५(७६ मा सवारी दुर्घटनामा परी काठमाडौंमा मात्रै १ सय ३१ जनाको ज्यान गएको थियो । सो वर्ष काठमाडौंमा ६० जना दुर्घटनामा परी अंगभंग भएको थियो ।

    यसैगरी, सो आर्थिक वर्षमा ललितपुरमा ५२ जनाको सवारी दुर्घटनामा परेर ज्यान गएको थियो भने ३ जना अंगभंग भएका थिए । यस्तै, भक्तपुर ३७ जनाको मृत्यु हुँदा १० जना अंगभंग भएको रेकर्डले बताउँछ ।

    यसैगरी, आर्थिक वर्ष २०७६÷७७ मा काठमाडौंमा ८१ जनाको मृत्यु तथा ६५ जना अंगभंग भएका थिए । यस्तै, ललितपुरमा २५ जनाको ज्यान जाँदा ४ जना अंगभंग भएका थिए भने भक्तपुरमा सो आर्थिक वर्षमा २७ जनाको मृत्यु हुँदा ३ जना अंगभंग भएको रेकर्ड छ ।

    यसैगरी, आर्थिक वर्ष २०७७÷७८ मा काठमाडौंमा ७६ जनाको मृत्यु तथा ३६ जना अंगभंग, ललितपुरमा २३ जनाको मृत्यु तथा ५ जना अंगभंग तथा भक्तपुरमा २३ जनाको मृत्यु तथा ४ जना अंगभंग भएको रेकर्डले देखाएको हो ।

    यसैगरी, चालू आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्तसम्म काठमाडौंमा ६८ जनाको मृत्यु तथा ३४ जना अंगभंग भएको प्रहरीको रेकर्ड छ । यस्तै, ललितपुरमा ८ जनाको मृत्यु भएको तथा १३ जना अंगभंग भएको र भक्तपुरमा १७ जनाको मृत्यु हुँदा चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा १ जना अंगभंग भएको प्रहरीको तथ्यांक छ ।

    त्यसै गरी गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट बुधबार बिहान दुई विद्यार्थीको मृत्यु भएको छ ।
    सुन्दरीजलस्थित वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - ०७:५१:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology