सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजारको ओरालो यात्रा जारी

शेयर बजारको ओरालो यात्रा जारी

नागरिक पाटी

२३, चैत्र २०७८
  • 4.8K
    SHARES
  • शेयर बजारको ओरालो यात्रा जारी
    images

    शेयर बजार आज बुधवार पनि दोहोरो अङ्कले घटेको छ । पछिल्लो दुई दिन लगातार उच्च अङ्कले घटेको नेप्से आज २३ दशमलव ३२ अङ्कले घटेर दुई हजार चार सय २८ दशमलव ७५ विन्दुमा झरेको छ ।

    images

    आज व्यापार, जीवन बीमा र अन्य समूहबाहेक अरू सबै समूहको शेयर घटेको छ । दुई सय २६ वटा कम्पनीका ४३ लाख ७२ हजार कित्ता शेयर एक अर्ब ९९ करोड २९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज सबैभन्दा धेरै इमर्जिङ नेपालको शेयर १० प्रतिशतले घटेको छ । यस्तै राष्ट्र उत्थान लघुवित्तको शेयर झन्डै साढे पाँच प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटे पनि नेस्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले तथा सोल्टी होटल र तारागाउँ रिजेन्सीको शेयर झन्डै चार प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - १५:२२:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology