लगातार तीन दिनसम्म दोहोरो अङ्कले घटेको शेयर बजार आज बिहीवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ६६ अङ्कले बढेर दुई हजार चार सय ६४ दशमलव ३१ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेकोमा विकास बैंक, व्यापार, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय २४ कम्पनीका ५४ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब १२ करोड १५ लाख रुपैयाँमा कारोबार भएका छन् ।