शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सरकारको तयारी

सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सरकारको तयारी

नागरिक पाटी

२४, चैत्र २०७८
  • 5.0K
    SHARES
  • सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सरकारको तयारी

    सरकारले सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशहरुमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याविनेटमा पेश गरिएको जानकारी दिएका हुन् ।

    images
    images

    मन्त्री पौडेलले खर्बौ रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गर्नु परेको पनि स्पष्ट पारे । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जापान, अष्ट्रेलिया, बंगलादेश, चीन र भारतमा मेडिकल शिक्षा पढन जाने विद्यार्थीहरुले बार्षिक रुपमा करिव १ खर्व ९७ अर्व खर्च गरेको देखेपछि त्यसको समिक्षा गरेर सरकारले नेपालमै सो शिक्षा अध्ययनका लागि सरकारी मेडिकल कलेजहरुको स्थापना गरेर अघि बढने निष्कर्ष निकालेको पनि स्मरण गराए । तर सरकारले निजी क्षेत्रको मेडिकल कलेजलाई पनि सँगै लिएर जाने नीति लिएको मन्त्री पौडेलको भनाई छ ।

    मन्त्री पौडेलले निजी क्षेत्रको मेडिकल कलेजलाई विस्थापन गर्ने सरकारको कुनै योजना नरहेको पनि पटकपटक दोहोर्‍याए भने । उनले भने, ‘सात वटा प्रदेशमा सात वटै सरकारी मेडिकल अस्पताल बनाउने प्रस्ताव क्याविनेटमा लगिएको छ । हाम्रोमा ११ वटा युनिभर्सिटी छनभने नचल्ने, विद्यार्थीहरुले नखोज्ने विषय पढाएर के काम रु जबकि ७ हजार विद्यार्थी एमबिबिएस पढन, एमडी पढन बंगलादेश जान्छन । एक वर्षको रकमको हिसाव गर्दा करिव १ खर्व ९७ अर्व रकम चाँही जापान, अष्ट्रेलिया, बंगलादेश, चीन, भारत गएको हामीले पायौं । जतिपनि हाल्न विद्यार्थीहरु तयार छन । गरिव पनि हामी नेपालीहरु छौं । खर्च गर्न पनि तयार छौं । त्यत्रो पैसा बाहिर गएको छ । अनि फर्केर आउने र मेडिकल काउन्सिलको परीक्षा नदिई डाक्टर हुन पाउने । अव हामीले यसलाई समिक्षा गर्‍यौं । र, हामीले सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज बनाउने तयारी गरेका छौं । निजी क्षेत्रलाई पनि लिएर जानुपर्छ । उनीहरुलाई विस्थापित गर्ने भनेको होइन । त्यसैगरी सिटिईभिटीलाई सबै स्थानीय तहमा पुर्‍याउने गरी तत्काल काम सुरु हुन्छ ।’

    मन्त्री पौडेले सिटिईभिटीलाई पनि सबै स्थानीय तहसम्म पुर्‍याउने कामलाई तत्काल अघि बढाउने निर्णय गरिएको बताए । अहिले तत्काल प्रदेशहरुमा को स्थापना गर्ने र त्यसपछि लगत्तै सबै स्थानीय तहहरुमा सिटिईभिटीहरु पुर्‍याउने सरकारको योजना रहेको उनको भनाई थियो । मन्त्री पौडेलले सरकारले शिक्षालाई रोजगारमूलक बनाउने गरी विद्यालय तहको शिक्षादेखि उच्च शिक्षासम्मको नीतिलाई परिमार्जन गर्ने कामलाई अघि बढाएको पनि बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - १७:३६:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology