शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष स्व. वर्माको शालिक अनावरण

नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष स्व. वर्माको शालिक अनावरण

शिवराज आचार्य

२५, चैत्र २०७८
  • 6.4K
    SHARES
  • नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष स्व. वर्माको शालिक अनावरण

    नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष स्व. सिताराम प्रसाद वर्माको शुक्रबार शालिक अनावरण गरिएको छ । नेपाल पत्रकार महासंघको भवन परिसरमा शुक्रबार शालिक अनावरण गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले वर्मा अन्तिम समयमा पनि कलम र कपि बोकेर नै संसारबाट बिदा हुनुभएको बताउनुभयो ।

    images
    images

    277899464_348857830381111_8483663151299289581_n.jpg

    धेरै कुराहरु राजेन्द्र प्रताप शाहबाट सिकेको र आफु रित्तिएर पनि अरुलाई भरिभराउ पार्नु भएको उहाँको भनाई छ । स्मारिका प्रकाशन गर्ने र ज्वालामुखी गाउँपालिकाले पनि उहाँको नाममा पत्रकारिता पुरस्कार प्रदान गर्न प्रस्ताव गरीएको छ ।

    पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउनको निम्ति संस्थापक अध्यक्ष स्व. सिताराम प्रसाद वर्मा र संस्थापक सचिव एवं पुर्व अध्यक्ष राजेन्द्र प्रताप शाहको महत्वपूर्ण भुमिका रहेको प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहनीले बताउनुभयो । निर्वाचनलाई स्वच्छ निश्पक्ष स्वतन्त्र बनाउन महत्त्वपूर्ण भुमिका संचार माध्यमले खेल्ने पनि लोहनीले बताउनुभयो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - २०:१६:५१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology