सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार साढे ४४ अङ्कले घट्यो

शेयर बजार साढे ४४ अङ्कले घट्यो

नागरिक पाटी

२८, चैत्र २०७८
  • 5.4K
    SHARES
  • शेयर बजार साढे ४४ अङ्कले घट्यो
    images

    शेयर बजार आज सोमवार साढे ४४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ६४ अङ्कले घटेर दुई हजार चार सय १९ दशमलव ७१ विन्दुमा झरेको छ ।

    images

    आज सबै समूहको शेयर घटेकोमा जीवन बीमा, निर्जीवन बीमा, उत्पानद, अन्य, होटल तथा पर्यटन, विकास बैंक, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज दुई सय ३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता शेयर दुई अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्सको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

    शेयर बजार दोहोरो अङ्कले घटेको दिन इमर्जिङ नेपालको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि नेस्डो र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - १६:४५:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology