सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार दोहोरो अङ्कले घटयो, १ अर्ब ५२ करोड रुपैयाँमा कारोबार

शेयर बजार दोहोरो अङ्कले घटयो, १ अर्ब ५२ करोड रुपैयाँमा कारोबार

नागरिक पाटी

२९, चैत्र २०७८
  • 4.6K
    SHARES
  • शेयर बजार दोहोरो अङ्कले घटयो, १ अर्ब ५२ करोड रुपैयाँमा कारोबार
    images

    शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि घटेको छ । हिजो सोमवार ४४ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ७८ अङ्कले घटेर दुई हजार तीन सय ८५ दशमलव ०२ विन्दुमा झरेको छ ।

    images

    आज होटल तथा उत्पादनबाहेक अरू सबै समूहको शेयर घटेको छ । निर्जीवन बीमा, जीवन बीमा, उत्पादन, विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले घटेको छ ।

    आज दुई सय ३७ वटा कम्पनीको ३७ लाख ८३ हजार कित्ता शेयर एक अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ७५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

    दोहोरो अङ्कले बजार घटेको दिन इमर्जिङ नेपाल र न्यादी हाइड्रोपावरको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि नेस्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २९, २०७८ मंगलवार - १६:१९:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology