सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

वैशाख ११ गतेदेखि विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ खुल्ने

वैशाख ११ गतेदेखि विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ खुल्ने

नागरिक पाटी

२, बैशाख २०७९
  • 8.7K
    SHARES
  • वैशाख ११ गतेदेखि विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ खुल्ने
    images

    काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावरले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०५ अर्थात १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये ७ लाख कित्ता सेयर कास्की जिल्लाको मादी गाउँपालिका वडा नं। ८ र ९ का स्थानीयलाई छुट्याइएको छ ।

    बाँकी ३ लाख कित्ता सेयर भने आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिको वडा नं ८ र ९ का बासिन्दालाई छुट्याएको छ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

    आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा वैशाख २५ गतेसम्म र ढीलोमा जेठ ९ गतेसम्म आइपीओ खुला रहनेछ । कम्पनीले जारी पुँजी १ अर्बबाट १० करोड रुपैयाँको सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।

    रेटिङ एजेन्सी कियर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

    images

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २, २०७९ शुक्रवार - ०९:०५:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology