सीवाइसी नेपाल लघुवित्तले आज वैशाख २ गते शुक्रबारबाट आइपीओ निष्काशन गरेको छ । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको हो । जसमा ५५ अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०.५५ अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने बाँकी ३ लाख ६९ हजार ४८८ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त रेटिङ एजेन्सी कियर नेपालले यस आइपीओलाई ‘कियर एनपी डबल बी माइनस’ रेटिङ प्रधान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको बताउँछ ।
आवेदनको लागि आवेदकले बिक्री प्रबन्धक रहेको ग्लोबल आइएमई क्यापिटल मार्फत अथवा नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यलयहरु र मेरोसेयर मार्फत आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद वैशाख ६ सम्म रहेको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।