जिल्ला फुटबल संघ धादिङको अध्यक्षमा दीपक खतिवडा पुनः निर्वाचित हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत जिल्ला फुटबल संघ धादिङको आइतबार बैरेनीमा भएको निर्वाचनमा अध्यक्ष पदका लागि खतिवडासँगै दिवससागर श्रेष्ठ र दिनेश रुपाखेतीले पनि उम्मेदवारी दिएका थिए । खतिवडा आठ भोटसहित निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी श्रेष्ठले तीन मत पाउँदा रुपाखेतीको पक्षमा एक भोट पनि खसेन ।
यस्तै, उपाध्यक्ष पदमा राजन भण्डारीले सात मत, मनराज गोदारले आठ मत र सुरेश तामाङले १० मत पाउँदै निर्वाचित भएका छन् । उनीहरूको प्रतिस्पर्धी जनक भुजेल तीन र सुन्दर थापा चार मत ल्याएर पराजित भए । कार्यसमितिको महासचिवमा रामहरि थापा र कोषाध्यक्षमा राजेन्द्र सुवेदी छन् ।
बाँकी सदस्य सबै सर्वसम्मत निर्वाचित भएका हुन । सदस्यहरुमा दिनेश आचार्य, गोविन्द श्रेष्ठ, प्रकाशकुमार खरेल, पूर्णबहादुर गुरुङ, उत्तमप्रसाद सुवेदी, रमेश अधिकारी, गणेशमान श्रेष्ठ र ध्रुव थापा निर्वारोध चयन भएका हुन ।