धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले जात र धर्मका आधारमा कसैले पनि भेदभाब गर्न नपाइने कानुनी व्यवस्था रहेको वताउनुभएको छ । धादिङ इसाइ समाज क्षेत्र नम्वर १ को आयोजनामा आइतबार गल्छी गाउपालिका वडा न। –४ मास्टारमा भएको इस्टर सन्डे विशेष कार्यक्रममलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले धर्मको आधारमा कसैले अन्याय अत्यचार गर्न नहुने र अन्याय गरेको खन्डमा त्यसको विरुद्द आवाज उठाउनुपर्ने पनि बताउनुभयो । समग्र इसाइ समुदायको हितमा प्रतिवद्ध रहेको बताउँदै धादिङ इसाइ समाजले जग्गाको व्यवस्था गर्न सकेमा इसाइ समाजको भवन निर्माणका लागि बजेट्को व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
विश्वभर रहेका इसाइ समुदायले येशु ख्रीस्ट मृत्युबाट पुनरुत्थान भएको दिनको सम्झनामा इस्टर सन्डे मनाउँदै आएका छन् । मानव जातीलाई पापबाट मुक्ती दिन र उद्दार गर्नका निम्ती शुक्रबारका दिन येशु ख्रिष्ट मारिनुभएको, शनिवार चिहानमा रहनुभएको र आइतबार मृत्युलाई जितेर बौरी उठाइएको पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको छ ।
धादिङ इसाइ समाज क्षेत्र नम्वर – १ का अध्यक्ष तथा कार्किडाँडा मण्डलीका पास्टराम रम्तेलको अध्यक्षतामा भएको कार्यक्रममा इसाइ समाज धादिङका अध्यक्ष लेक बहादुर तामाङ, गल्छी गाउँपालिकाका अध्यक्ष कृष्ण हरी श्रेष्ठ, उपाध्यक्ष राधा तिमल्सिना, धादिङ इसाइ समाजका सल्लाहकार समितिका अध्यक्ष डाक्टर कृष्णमान शाक्य, विभिन्न राजनितिक दलाका प्रतिनिधि, सङ्घ सस्थाका प्रतिनिधी, विभिन्न चर्चका पास्टार अगुवाहको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्लाभर रहेका चर्चका विश्वासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । धादिङ जिल्लामा २५१ वटा चर्चहरु रहेका छन । कार्यक्रममा विभिन्न कृस्चियन भजन, गित तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।