सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार आज ४१ दशमलव ७७ अङ्कले घट्यो

शेयर बजार आज ४१ दशमलव ७७ अङ्कले घट्यो

नागरिक पाटी

५, बैशाख २०७९
  • 5.6K
    SHARES
  • शेयर बजार आज ४१ दशमलव ७७ अङ्कले घट्यो
    images

    नयाँ वर्षको दोस्रो कारोबारमा पनि शेयर बजार राताम्मे भएको छ । हिजो आइतवार २९ दशमलव ६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज सोमवार ४१ दशमलव ७७ अङ्कले घटेर २३ सय ४३ दशमलव ८७ विन्दुमा झरेको छ ।

    images

    आज सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, जलविद्युत्, फाइनान्स, अन्य, विकास बैंक र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २९ कम्पनीका ३८ लाख ७६ हजार कित्ता शेयर एक अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको चार करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर आठ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि नेष्डो समृद्ध लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ५, २०७९ सोमवार - १७:२५:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology