आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चितवनमा मिल्यो सत्तारुढ गठबन्धनबीचको भागबण्डा

चितवनमा मिल्यो सत्तारुढ गठबन्धनबीचको भागबण्डा

नागरिक पाटी

९, बैशाख २०७९
  • 6.0K
    SHARES
  • चितवनमा मिल्यो सत्तारुढ गठबन्धनबीचको भागबण्डा

    चितवन । सत्तारुढ गठबन्धनका दलहरुले चितवनका पालिकाहरुमा भागबण्डा टुङ्ग्याएका छन् । चितवनको भरतपुर महानगरपालिकाको भागबण्डा केन्द्रले टुङ्ग्याएसँगै सत्तारुढ गठबन्धनका दलहरुले सो बाहेकका ६ पालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डा गरेका हुन् ।

    images

    जिल्लाको एक गाउँपालिका र ५ नगरपालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डाका बारेमा सत्तारुढ गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच सहमति भएको हो ।

    सहमति अनुसार काँग्रेसले ४ वटा पालिकाको प्रमुख, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक÷एक वटा पालिका प्रमुख लिने भएका छन् । काँग्रेसले चितवनको इच्छाकामना गाउँपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिकाको प्रमुख पद लिने सहमति भएको गठबन्धनको जिल्ला संयन्त्रको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    उनका अनुसार माओवादी केन्द्रले माडी नगरपालिकाको प्रमुख पद लिने भएको छ भने एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख लिने भएको छ । यता गठबन्धनको चितवनको जिल्ला संयन्त्रले जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखसहित सदस्यहरुको समेत भमगबण्डा मिलाएको छ ।

    जसअनुसार जिल्ला समन्वय समिति चितवनको प्रमुख पद काँग्रेसले लिने भएको छ भने उपप्रमुख पद माओवादी केन्द्रले लिएको छ । जिल्ला समन्वय समितिको सदस्य पदमा तीन वटै दलहरुले २र२ वटा सिट लिने सहमति भएको छ ।

    त्यस्तै इच्छाकामना गाउँपालिका, खैरहनी र कालिका नगरपालिकाको उपप्रमुख पद माओवादी केन्द्रले पाएको छ । रत्ननगर नगरपालिकाको उपप्रमुख पद एकीकृत समाजवादीले पाएको छ भने माडी नगरपालिकाको उपप्रमुख पद काँग्रेसको भागमा परेको छ ।

    गठबन्धनको बैठकले इच्छाकामना गाउँपालिकाको वडा तहको भागबण्डा समेत टुङ्ग्याएको छ । जसअनुसार इच्छाकामना गाउँपालिकाको वडा नम्बर १, २ र ३ माओवादी केन्द्रले लिने भएको छ भने ४, ५, ६ र ७ काँग्रेसको भागमा परेको छ । सो पालिकाको केही वडा सदस्य पद एकीकृत समाजवादीले लिने भएको छ ।

    अन्य पालिकाको वडा तहको भागबण्डा गर्न भने बाँकी छ । अन्य ५ वटा नगरपालिका र भरतपुर महानगरपालिकाको वडा तहको भागबण्डाका लागि केही बेरमा गठबन्धनको बैठक बस्ने बताइएको छ । रातो पाटीको सहयोगमा

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ९, २०७९ शुक्रवार - १०:२३:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology