सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार झन्डै ४९ अङ्कले घट्यो

शेयर बजार झन्डै ४९ अङ्कले घट्यो

नागरिक पाटी

१९, बैशाख २०७९
  • 8.7K
    SHARES
  • शेयर बजार झन्डै ४९ अङ्कले घट्यो
    images

    हप्ताको पहिलो कारोबार दिन आज सोमवार शेयर बजार परिसूचक नेप्से झन्डै ४९ अङ्कले घटेको छ । आज नेप्से ४८ दशमलव ७३ अङ्कले घटेर दुई हजार तीन सय सात दशमलव ४४ विन्दुमा झरेको छ ।

    images

    आज सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, विकास बैंक, उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले घटेको छ ।

    शेयर बजार घटेको दिन दुई सय २८ कम्पनीका ३९ लाख ७८ हजार कित्ता शेयर एक अर्ब ४२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ४७ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    आज नेपाल फाइनान्स लिमिटेडको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि जालपा लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १९, २०७९ सोमवार - १९:०३:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology