सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार झन्डै ३२ अङ्कले घट्यो

शेयर बजार झन्डै ३२ अङ्कले घट्यो

नागरिक पाटी

२१, बैशाख २०७९
  • 5.3K
    SHARES
  • शेयर बजार झन्डै ३२ अङ्कले घट्यो
    images

    शेयर बजार आज बुधवार झन्डै ३२ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ७६ अङ्कले घटेर दुई हजार दुई सय ७५ दशमलव ६८ विन्दुमा झरेको हो । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स, व्यापार र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    images

    दोहोरो अङ्कले बजार घटेको दिन दुई सय ३३ वटा कम्पनीका ३६ लाख दुई हजार कित्ता शेयर एक अर्ब २६ करोड ९२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको चार करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज ग्रीन भेन्चर्स लिमिटेडको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि जालपा लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०७९ बुधवार - १७:४८:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology