सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार झन्डै १८ अङ्कले बढ्यो

शेयर बजार झन्डै १८ अङ्कले बढ्यो

नागरिक पाटी

२५, बैशाख २०७९
  • 4.1K
    SHARES
  • शेयर बजार झन्डै १८ अङ्कले बढ्यो
    images

    हप्ताको पहिलो दिन शेयर बजार आज आइतवार झन्डै १८ अङ्कले बढेको छ । कारोबार सुरु भएदेखि घट्न सुरु गरेको नेप्से साढे १२ बजे ३५ अङ्कले घटेको थियो । तर बन्द हुने बेलामा १७ दशमलव ९५ अङ्कले बढेर दुई हजार दुई सय ५६ दशमलव ५७ विन्दुमा पुगेको छ ।

    images

    आज बैंक र माइक्रोफाइनान्सबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । दुई सय ३३ वटा कम्पनीका ३३ लाख ४१ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको सात करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज जालपा लघुवित्तको शेयर १० प्रतिशतले तथा घलेम्दी हाइड्रो र माउन्टेन इनर्जी नेपालको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २५, २०७९ आइतवार - १५:५८:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology