आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आफ्नै गीत ‘मलाई बिर्स नभनिदेउ’ मा रोशाको अभिनय

आफ्नै गीत ‘मलाई बिर्स नभनिदेउ’ मा रोशाको अभिनय

नागरिक पाटी

२६, बैशाख २०७९
  • 9.6K
    SHARES
  • आफ्नै गीत ‘मलाई बिर्स नभनिदेउ’ मा रोशाको अभिनय

    झापाको मेचीनगर–८ की रोशा फुयाल नेपालको रियालिटी सो सारेगम लिटिल च्याम्पियनमा सहभागी भएसँगै चर्चामा आइन् । सुमधुर स्वरकी गायिका रोशाको स्वरमा रहेको ‘मलाई बिर्स नभिनिदेउ’ गीतको भिडियो सार्वजनिक भएको छ । जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशाको स्वरमा सार्वजनिक भएको यो गीतले राम्रो चर्चा बटुलिरहेको छ ।

    images

    दिनेशराज पुरीको शब्द सिर्जना रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियोको सम्पादन लक्ष्मन चौहानले गरेका हुन्, भने निर्देशन बिक्रम चौहानले गरेका हुन् ।

    भिडियोमा गायिका रोशा नै फिचर छिन् । गायक सुवास पुरीको प्रस्तुतिमा तयार पारिएको गीतको भिडियो म्यूजिक जक्सनबाट बजारमा आएको हो ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २६, २०७९ सोमवार - १२:०४:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology