धादिङको धुनिवेशी नगरपालिकाको वडा नम्बर १,२ र ३ को मतगणना गर्दा गठबन्धनका उम्मेदवारले मत बढि प्राप्त गरेका छन् । नगरप्रमुखमा गठबन्धनका बालकृष्ण आचार्यलाई ३००८, एमालेका रामराजा पाण्डेलाई २१२४ मत प्राप्त भएको छ ।
यस्तै नगर उपप्रमुखमा गठबन्धनका सुरज उप्रेतीलाई २९२२ र एमालेका मन्दिरा श्रेष्ठलाई २१०९ मत प्राप्त भएको छ ।
यस्तै ३ वटा वडाको मत गणना हुँदा राप्रपाको हलो चुनाव चिन्हका लागि नगरप्रमुखमा केशव धिताललाई ३६६ र उपप्रमुखमा विना अधिकारीलाई २५३ मत प्राप्त भएको छ । अन्य राजनैतिक दल र स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएकाहरुले पनि मत प्राप्त गरेका छन् ।