सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

लगातार तेस्रो दिन पनि शेयर बजार घट्यो

लगातार तेस्रो दिन पनि शेयर बजार घट्यो

Sobizpress SuAdmin

१८, जेठ २०७९
  • 10.9K
    SHARES
  • लगातार तेस्रो दिन पनि शेयर बजार घट्यो

    लगातार तेस्रो दिन आज बुधवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव २१ अङ्कले घटेर दुई हजार एक सय ३० दशमलव ७१ विन्दुमा झरेको छ ।

    images

    आज विकास बैंक, जलविद्युत् र फाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । दुई सय २७ वटा कम्पनीको ३० लाख २० हजार कित्ता शेयर एक अर्ब सात करोड ८४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल इन्भेस्टमेन्ट बैंकको १२ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज शिखर इन्सुरेन्सको शेयर १० प्रतिशत र नेपाल इन्भेस्टमेन्ट बैंक तथा गुराँस लघुवित्त कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि मैलुङखोला जलविद्युत् र बलेफी हाइड्रो शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०७९ बुधवार - १७:२७:५३ बजे

    Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology