आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लगातार तेस्रो दिन पनि शेयर बजार घट्यो

लगातार तेस्रो दिन पनि शेयर बजार घट्यो

Sobizpress SuAdmin

१८, जेठ २०७९
  • 10.8K
    SHARES
  • लगातार तेस्रो दिन पनि शेयर बजार घट्यो

    लगातार तेस्रो दिन आज बुधवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव २१ अङ्कले घटेर दुई हजार एक सय ३० दशमलव ७१ विन्दुमा झरेको छ ।

    images

    आज विकास बैंक, जलविद्युत् र फाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । दुई सय २७ वटा कम्पनीको ३० लाख २० हजार कित्ता शेयर एक अर्ब सात करोड ८४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल इन्भेस्टमेन्ट बैंकको १२ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज शिखर इन्सुरेन्सको शेयर १० प्रतिशत र नेपाल इन्भेस्टमेन्ट बैंक तथा गुराँस लघुवित्त कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि मैलुङखोला जलविद्युत् र बलेफी हाइड्रो शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०७९ बुधवार - १७:२७:५३ बजे

    Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology