जिल्ला समन्वय समिति रसुवाको प्रमुख तथा उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । नौ सदस्य पदका लागि भएको निर्वाचनमा मत बराबर भएपछि गोलाप्रथा गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा एमालेका अशोककुमार घिमिरे, उपप्रमुखमा एमालेकै विजय लामा निर्वाचित भएका छन् ।
समिति सदस्यहरूमा एमालेका कामीछिरिङ तामाङ, खुवाप्रसाद पौडेल र कांग्रेसका खिलबहादुर न्यौपाने निर्वाचित भएका हुन् । महिला सदस्यमा एमालेकी देशीरानी तामाङ, कारतोक लामा र सबिता गुरुङ निर्वाचित भएका छन् । दलित तथा अल्पसंख्यक सदस्यमा कांग्रेसकी पार्वती विश्वकर्मा निर्वाचित भएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।