सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

आदर्श लघुवित्तको आईपीओ खुल्यो

आदर्श लघुवित्तको आईपीओ खुल्यो

नागरिक पाटी

१, आषाढ २०७९
  • 5.1K
    SHARES
  • आदर्श लघुवित्तको आईपीओ खुल्यो
    images

    आजदेखि आदर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० सय रुपैयाँ अंकित ६७ हजार कित्ता आईपीओ बिक्री खुलाएको हो ।

    images

    कुल निष्कासित सेयरमध्ये कर्मचारीका लागि १ हजार ३५ कित्ता सेयर छुट्याइएको कम्पनीले बताएको छ । यस्तै, सामूहिक लगानी कोषका लागि ३ हजार ३५० कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

    आजदेखि खुलेको आईपीओमा असार ६ गतेसम्म आवेदन दिन सकिने छ । यस अवधिमा मागअनुसारको आवेदन नपरेमा असार १५ गतेसम्म आवेदन मिति पुर्याइने सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जनाएको छ ।

    लघुवित्तको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ छ । यस्तै, प्रतिसेयर आम्दानी १८।१९ रुपैयाँ छ भने नेटवर्थमा प्रतिफल १२।०२ प्रतिशत छ । यसैगरी, सञ्चित नाफा/नोक्सान १३ लाख ७४ हजार रुपैयाँ रहेको बताइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १, २०७९ बुधवार - ११:४३:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology