सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार सामान्य बढ्यो

शेयर बजार सामान्य बढ्यो

नागरिक पाटी

२, आषाढ २०७९
  • 5.1K
    SHARES
  • शेयर बजार सामान्य बढ्यो
    images

    पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज बिहीवार भने सामान्य बढेको छ । जेठको २५ गते ६० अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से त्यसपछि कारोबार भएका पाँच दिनसम्म लगातार ओरालो लागेको थियो । नेप्से आज १२ दशमलव ५७ अङ्कले बढेर एक हजार नौ सय ७८ दशमलव ९४ विन्दुमा पुगेको छ ।

    images

    आज जीवन बीमा र लगानीबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय २१ वटा कम्पनीको ३५ लाख ९४ कित्ता शेयर एक अर्ब १८ करोड ७१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १३ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज आँधीखोला लघुवित्त, सामुदायिक लघुवित्त र रिभर फिल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै लुम्बिनी जनरल इन्सुरेन्स र राष्ट्र उत्थान लघुवित्तको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २, २०७९ बिहिवार - १९:३१:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology