आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

नागरिक पाटी

४, आषाढ २०७९
  • 5.7K
    SHARES
  • यस्तो छ आजको मौसम

    मनसुन सक्रिय रहेको प्रदेश १, मधेस र बाग्मती प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ । मौसम आंशिकदेखि पूर्णरूपमा बदली भइ केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    मुख्यगरी तराई क्षेत्र र पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार यी प्रदेशमा दिउँसो पनि पानी पर्ने सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशको एक–दुई ठाउँमा आज बेलुकापछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा भने अहिले घाम लागिरहेको छ, गए राति पनी परेको थियो ।

    यस्तै गण्डकी र कर्णाली प्रदेशमा मौसम सामान्य बदली रहेको छ । ती क्षेत्रमा पनि केही वर्षा हुने सम्भावना छ । कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा स्थानीय वायु तथा पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । ती प्रदेशमा अहिलेसम्म मनसुन सक्रिय भएको छैन । लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आजको मौसम आंशिक बदली रहने अनुमान छ ।

    पहाडी क्षेत्रमा भू–क्षय, पहिरो, तथा नदी नाला साथै खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - ०८:४४:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology