सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

आदर्श लघुवित्तको आईपीओमा २०० गुणा बढि आवेदन

आदर्श लघुवित्तको आईपीओमा २०० गुणा बढि आवेदन

नागरिक पाटी

४, आषाढ २०७९
  • 5.5K
    SHARES
  • आदर्श लघुवित्तको आईपीओमा २०० गुणा बढि आवेदन
    images

    आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा झन्डै २०० गुणा बढिले आवेदन दिएका छन् । यो लघुवित्तले गत असार १ गतेदेखि ६७ लाख रुपैयाँबराबर आईपीओमा आवेदन खुला गरेको छ ।

    images

    संस्थाले १०० अंकित दरका कुल ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये ३ हजार ३५० कित्ता ९५५० सामूहिक लगानी कोषका लागि र १ हजार ३५ कित्ता सेयर ९०।५ प्रतिशत० कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६२ हजार ६१५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

    सीडीएससीका अनुसार यो आईपीओमा १० लाख ६० हजार ६८२ आवेदकबाट कुल १ करोड २१ लाख ३८ हजार ४२० कित्ता सेयर खरिद आवेदन परेको छ । जुन मागभन्दा १९३।८६ गुणा बढी हो ।

    मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा भाग्यमानी ६ हजार २६१ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये भाग्यमानी ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् ।

    यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यो आईपीओको निष्कासन बन्द असार ६ गते बैंकिङ समयपछि हुनेछ ।

    लगानीकर्ताले सी–आस्बा सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन् । सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

    आदर्श लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - ०८:४९:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology