सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

रसुवागढी हाइड्रोपावरले असार १३ गतेदेखि आईपिओ निष्काशन गर्दै

रसुवागढी हाइड्रोपावरले असार १३ गतेदेखि आईपिओ निष्काशन गर्दै

नागरिक पाटी

५, आषाढ २०७९
  • 4.9K
    SHARES
  • रसुवागढी हाइड्रोपावरले असार १३ गतेदेखि आईपिओ निष्काशन गर्दै
    images

    रसुवागढी हाइड्रोपावर लिमिटेडले असार १३ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६८ लाख ४२ हजार १०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं. २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुमा बाँडफाँट गरिनेछ।

    images

    आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ७०० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असार २७ गते र ढिलोमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - ०९:२३:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology