सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजारमा पहिरो जाने क्रम जारी

शेयर बजारमा पहिरो जाने क्रम जारी

नागरिक पाटी

६, आषाढ २०७९
  • 4.6K
    SHARES
  • शेयर बजारमा पहिरो जाने क्रम जारी
    images

    पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजारको पहिरो आज पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज सोमवार ४९ दशमलव ३१ अङ्कले घटेर १ हजार ८ सय ८४ दशमलव ८१ विन्दुमा झरेको छ ।

    images

    आज सबै समूहको शेयर घटेर राताम्मे भएकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र लघुवित्तको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ३० वटा कम्पनीको शेयर कारोबार भएकोमा पाँच वटा कम्पनीबाहेक सबैको शेयर घटेको छ ।

    शेयर बजार लगातार घटेपछि बेच्नेहरूको लहरले आज कारोबार सङ्ख्या र रकम भने बढेको छ । ६१ लाख ८६ हजार कित्ता शेयर एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले तथा कालिका पावर र रिभर फल्स कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि आँधीखोला र सीवाईसी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ६, २०७९ सोमवार - १७:३६:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology