सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार ३७ दशमलव ४९ अङ्कले बढ्यो

शेयर बजार ३७ दशमलव ४९ अङ्कले बढ्यो

नागरिक पाटी

७, आषाढ २०७९
  • 3.3K
    SHARES
  • शेयर बजार ३७ दशमलव ४९ अङ्कले बढ्यो
    images

    पछिल्लो समय लगातार ओरालो लागिरहेको शेयर बजार आज मङ्गलवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव ४९ अङ्कले बढेर एक हजार नौ सय २४ दशमलव ७४ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर आज बजार हरियो देखिएको छ ।

    images

    यस्तै दुई सय ३१ वटा कम्पनीको ३७ लाख ६५ हजार कित्ता शेयर एक अर्ब २३ करोड ८५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ११ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै आँधीखोला र सीवाईसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । तेह्रथुम पावर कम्पनीको शेयर भने झन्डै तीन प्रतिशतले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - १९:२४:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology