सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

३१ अंकले घट्यो सेयर बजार

३१ अंकले घट्यो सेयर बजार

नागरिक पाटी

८, आषाढ २०७९
  • 2.9K
    SHARES
  • ३१ अंकले घट्यो सेयर बजार
    images

    बुधबार सेयर बजार पुनःघटेको छ । साताको चौथो कारोबारको दिन बजार परिसूचक ३१.२१ अंकले घटेको हो । आइतबार र सोमबार घटेकव बजार मंगलबार भने ३७ अंकले बढेकव थियो । आज बजार ३१ अंकले घट्दा १८९३ दशमलव ५३ अंकमा झरेको छ ।

    images

    बुधबार कारोबार रकममा भारी गिरावट आएको छ । आज २२९ कम्पनीको सेयर कारोबार हुँदा ८१ करोड ३७ लाख ७३ हजार ४ सय ५९ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । ३० लाख ३४ हजार ४ सय ८३ कित्ता सेयर २० हजार ४२० पटकमा खरिद बिक्री भएको थियो ।

    आज बजार परिसूचक ३१.२१ अर्थात १।६२ प्रतिशतले घटेको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक (सेन्सेटिभ इन्डेक्स) ५.९४ अंक अर्थात १.५८ प्रतिशतले घटेर ३६९.१५ अंकमा ओर्लिएको छ ।

    उप(समूहतर्फ आज १३ ओटै समूहको सेयर मूल्य घटेको छ । जसमा बैंकिङ समूह १.२१ प्रतिशतले घटेर १३३५.७० अंकमा झरेको छ ।

    घट्दो बजारमा पनि ग्लोबल आइएमई समुन्नत स्किम तथा आधिँखोला लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नबिल इक्युटी फण्ड, सानिमा लार्ज क्याप फण्ड, शिवश्री हाइड्रो लगायतका कम्पनी बढी कमाउनेमा परेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - १९:१५:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology