सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

नागरिक पाटी

१४, आषाढ २०७९
  • 5.4K
    SHARES
  • शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो
    images

    शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव ३१ विन्दुमा झरेको छ । बैंक र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर घटेको दिन बजारसँगै कारोबार रकममा पनि कमी आएको छ ।

    images

    दुई सय ३० वटा कम्पनीको ३० लाख ३७ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ८२ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्सको सात करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भयो । आज लक्ष्मी इक्विटी फन्डको शेयर झन्डै ६ प्रतिशतले तथा जनरल इन्सुरेन्स, युनाइटेड मर्दी हाइड्रो, सिंगटी हाइड्रो र नेपाल इन्सुरेन्सको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सीवाईसी नेपाल लघुवित्तको शेयर १० प्रतिशतले तथा उन्नति सहकार्य लघुवित्तको शेयर झन्डै आठ प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - १९:४२:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology