सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्से ४१ अङ्कले वृद्धि

नेप्से ४१ अङ्कले वृद्धि

नागरिक पाटी

१५, आषाढ २०७९
  • 4.5K
    SHARES
  • नेप्से ४१ अङ्कले वृद्धि
    images

    सेयर बजारमा बुधबार सकारात्मक माहोल देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । नेप्सेमा रौनकता छाउँदा लगानीकर्ता उत्साहित छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३९ अङ्कले बढेर १९६२.७१ विन्दुमा पुगेको छ । नेप्से २.१५ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ६.५५ अङ्कले बढेर ३७९.१५ विन्दुमा पुगेको छ ।

    images

    कुल २२८ वटा कम्पनीको ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै व्यापार समूह बढेको छ ।

    बुधबार ङादी ग्रुप पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ४२ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

    बुधबार दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

    यस दिन मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयर मूल्य १.९१ प्रतिशतले घटेर ४ सय ११ रुपैयाँमा झरेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३९ अङ्कले बढेर १९६२.७१ विन्दुमा पुगेको छ । नेप्से २.१५ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ६.५५ अङ्कले बढेर ३७९.१५ विन्दुमा पुगेको छ । कुल २२८ वटा कम्पनीको ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    स्टकका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये बुधबार सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै व्यापार समूह बढेको छ ।

    बुधबार ङादी ग्रुप पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ४२ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

    यस दिन मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयर मूल्य १.९१ प्रतिशतले घटेर ४ सय ११ रुपैयाँमा झरेको छ । 

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - १७:१८:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology