शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीमा बालमैत्री स्थानीय शासन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

धुनिबेशीमा बालमैत्री स्थानीय शासन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

नागरिक पाटी

२२, आषाढ २०७९
  • 17.0K
    SHARES
  • धुनिबेशीमा बालमैत्री स्थानीय शासन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

    धादिङ। धुनिबेशी नगरपालिकाले बालमैत्री न्युनतम सुचक , बालक्लब गठन,भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब बालमैत्री पद्धति अबलम्बन गरि बाल अधिकारका ४ पक्षहरुको बालबालिकाहरु शारीरिक,मानसिक, संवेगात्मक र सामाजिक विकास तथा शैक्षिक उपलब्धि केन्र्दित भएर कार्य गर्नु पर्ने धुनिबेशी नगरपालिका नगर प्रमुख बालकृष्ण आचार्यले बताउनुभयो । मंगलबार नगरपालिका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुको लागि आयोजित १ दिने बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशालामा नगरप्रमुख आचार्यले सो कुरा बताउनु भएको हो ।

    images
    images

    291899868_353472566942680_8664893766289231792_n.jpg

    नगरपालिकालाई बालमैत्री स्थानीय शासनको सेवा प्रवाहका ३६ र संस्थागत १५ वटा गरि ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा धुनिबेसी नगरपालिकालाई बालमैत्री स्थानीय शासन अबलम्बन गर्दै नगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने अभियानमा रहेको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेलले बताउनु भयो । धुनिबेशी नगरपालिका नगर प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख सुरज उप्रेती ,वडाध्यक्षहरु , प्रमुख प्रशासकीय अधिकृत, योजना , स्वास्थ्य , शिक्षा , महिला बालबालिका ,सामाजिक शाखाका कर्मचारी तथा बालक्लबका प्रतिनिधि ,स्वास्थ्य संस्थाका प्रतिनिधि ,शिक्षक,महिला संञ्जालका प्रतिनिधिहरु सहित सरोकारवालाहरु गरि ४५ जनाको सहभागीता रहेको थियो । बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती ,वडा हुँदै धुनिबेशी नगरपालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि १ दिने नगरपालिका स्तरीय अभिमुखिकरण कार्यशाला गरिएको महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा घिमिरेले बताउनु भयो ।

    291911935_1231687014036816_7499734014037743191_n.jpg

    कार्यशालामा बालमैत्री स्थानीय शासन अबधारणा,बालमैत्री नगरपालिकाको लागि बालबालिका सम्बन्धि निति ,कार्य विधि निर्माण,कार्यान्वयनका खुड्किलाहरु, ३६ वटा सेवाप्रवाह र १५ वटा संस्थागत गरि ५१ वटा सुचकहरु,कार्य प्रक्रिया , सुचकहरुको सरलिकण, आचार संहिता निमार्ण, बालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना,नगर तथा वडा तहमा बालमैत्री स्थानीय शासन समितिको संरचना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेश निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो । कार्यशाला पछि धुनिबेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा नगरपालिका तहको बालमैत्री स्थानीय शासन समिति गठन भएको नाौबिसेबाट गोविन्द बिडारीले जानकारी दिनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - ०८:१४:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology