सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार झन्डै ८ अङ्कले बढ्यो

शेयर बजार झन्डै ८ अङ्कले बढ्यो

नागरिक पाटी

३१, आषाढ २०७९
  • 4.4K
    SHARES
  • शेयर बजार झन्डै ८ अङ्कले बढ्यो
    images

    शेयर बजार आज शुक्रवार झन्डै आठ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सात दशमलव ९३ अङ्कले बढेर दुई हजार नौ दशमलव ४७ अङ्कमा पुगेको छ । बैकिङ, विकास बैंक, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर बढेको छ । दुई सय ३१ कम्पनीका ४० लाख ५१ हजार कित्ता शेयर एक अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको शेयर १९ करोड ७२ लाख रुपैयाँमा किनबेच भयो ।

    images

    आज नेपाल इन्भेस्टमेन्ट डिबेन्चर र माछापुच्छ्रे बैंकको डिबेन्चरको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि ग्रीनलाइफ हाइड्रोपावरको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३१, २०७९ शुक्रवार - १४:१३:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology