सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

चालु आर्थिक वर्षमा २८ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

चालु आर्थिक वर्षमा २८ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

नागरिक पाटी

३२, आषाढ २०७९
  • 4.3K
    SHARES
  • चालु आर्थिक वर्षमा २८ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति
    images

    आज असार ३२ गते चालु आर्थिक वर्षको अन्तिम दिन हो । चालु आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट २८ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् ।

    images

    यी कम्पनीलाई सेबोनले गत वर्ष साउन ११ गतेबाट यो वर्षको असार २४ गतेसम्म आईपीओ निष्कासनको अनुमति दिएको हो ।आईपीओ निष्कासनको अनुमति पाउनेमा जलविद्युत कम्पनीहरु बढी देखिएका छन् । यो चालु आर्थिक वर्षमा १९ वटा हाइड्रोपावर कम्पनीले आईपीओ अनुमति पाएका छन् ।

    यसैगरी ८ वटा लघुवित्तले आईपीओ निष्कासनको अनुमति पाएका छन् । एउटा मात्रै लगानी समूहको कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको छ ।

    यी कम्पनीले २३ अर्ब ४६ करोड ९५ लाख ३७ हजार ९०० रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएका छन् । ती कम्पनीमध्ये २५ वटा कम्पनीले आईपीओ निष्कासन गरिसकेका छन् भने ३ वटाले निष्कासन गर्न बाँकी रहेको छ ।

    सेबोनको पाइपलाइनमा अझै पनि २५ वटा कम्पनीका आईपीओ अनुमतिको पर्खाइमा छन् । तीमध्ये १४ वटा जलविद्युत, ४ वटा लघुवित्त, २ वटा बीमा, २ वटा होटेल तथा पर्यटन समूहका, २ वटा अन्य समूहका र एउटा लगानी समूहका कम्पनीका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३२, २०७९ शनिवार - ०८:२१:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology