मन्दाकिनी हाइड्रोपावर लिमिटेडले श्रावण ०९ गतेबाट रु १०० अंकित मुल्यको १० लाख ९३ हजार ७४९ कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुल्ला गर्ने भएको छ।
हाइड्रोपावरको शेयर निष्काशन छिटोमा श्रावण १२ गते बैंकिङ्ग समय पश्च्यात बन्द हुनेछ भने माग बमोजिम आवेदन नआएमा निष्काशन श्रावण २३ गते बैंकिङ्ग समयसम्म लम्बिने छ।
मन्दाकिनी हाइड्रोपावरको रु १०० अंकित मुल्यको ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर मध्ये ५५ अर्थात ५८ हजार ८०३ कित्ता साधारण शेयर सामुहिक लगानी कोष र २५ अर्थात २३ हजार ५२१ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्टाई बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो।
इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ।