सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार घट्यो

शेयर बजार घट्यो

नागरिक पाटी

६, श्रावण २०७९
  • 5.1K
    SHARES
  • शेयर बजार घट्यो
    images

    शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । हिजो बिहीवार झन्डै ६ अङ्कले घटेको शेयर बजार आज शुक्रवार २७ दशमलव २६ अङ्कले घटेर दुई हजार १७ दशमलव ४६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, विकास बैंक, होटल तथा पर्यटन र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ ।

    images

    आज दुई सय १२ वटा कम्पनीको ३३ लाख २० हजार कित्ता शेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।

    आज सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि किसान लघुवित्तको शेयर भने आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ६, २०७९ शुक्रवार - १३:५८:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology