सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सिक्लेस हाइड्रोपावरको आईपीओ निष्काशन

सिक्लेस हाइड्रोपावरको आईपीओ निष्काशन

नागरिक पाटी

६, श्रावण २०७९
  • 3.8K
    SHARES
  • सिक्लेस हाइड्रोपावरको आईपीओ निष्काशन
    images

    आजदेखि सिक्लेस हाइड्रोपावरले आईपीओ निष्काशन भएको छ । कम्पनीले आज अर्थात साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले ८ करोड ५० लाख बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

    images

    कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन गरेको छ ।

    कम्पनीको आईपीओमा छिटोमा साउन २० गते र ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ६, २०७९ शुक्रवार - १४:३४:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology