सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

राप्ती हाइड्रोको आईपीओ बाँडफाँट

राप्ती हाइड्रोको आईपीओ बाँडफाँट

नागरिक पाटी

९, श्रावण २०७९
  • 3.7K
    SHARES
  • राप्ती हाइड्रोको आईपीओ बाँडफाँट
    images

    राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज (साउन ९ गते) सोमबार बाँडफाँट भएको छ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय, नक्सालमा सो आईपीओ बाँडफाँट भएको हो।

    images

    कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

    निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरिएको हो।

    सो शेयरमा कुल १४ लाख ९१ हजार ७२२ आवेदन परेको थियो। जसमध्ये १४ लाख ९० हजार २९८ आवेदन स्वीकृत भएका छन् भने १ हजार ४२४ आवेदन रद्द भएका छन्। स्वीकृत आवेदनमध्ये भाग्यमानी २ लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका हुन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७९ सोमवार - १६:५२:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology